समाचार
चौथो गाउँसभा
त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो चौथो गाउँसभा विविध निर्णय गर्दै सम्पन्न गरेको छ । गाउँपालिका कार्यालय पिस्करमा मिती २०७५।१०।९ गते भएको गाउँसभाले आव २०७५÷०७६को संशोधित आयव्याय अनुमानित बजेट, गाउँपालिकाको ऐन, नीति तथा कार्यविधि र तेस्रो गाउँसभाबाट स्वीकृत योजनाहरु लगाएत प्रस्तावहरु पारित गर्दै गाउँसभा सम्पन्न गरेको हो ।
गाउँपालिकाको चौथो गाउँसभाबाट महत्वपूर्ण प्रस्तावहरु पारित गरिएको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी गराउनुभयो । उहाँका अनुसार गाउँसभाले पाँच वटा ऐन तथा कार्यविधी पारित गरेको छ । जसमा गाउँपालिकाको कृषिव्यवसाय प्रवद्वन ऐन, २०७५, एफ.एम रेडियो (व्यवस्थापन सञ्चालन) ऐन २०७५, गाउँविपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७५, गरीबी निवारणका लागि लघु उद्यमविकास कार्यक्रम (मेडपा) सञ्चालन कार्यविधि, २०७५ र बालअधिकार संरक्षण तथा संम्बद्र्वन नीति, २०७५ रहेका छन् ।
त्यस्तै, गाउँपालिकाले तस्रो गाउँसभाबाट स्वीकृत योजनाहरु मध्ये कार्यान्वयन सहजताका लागि कार्यपालिकाको निर्णय अनुसार संशोधन भएका, गत बर्ष खर्च हुन वाँकी बजेट मध्यबाट २०७५ श्रावण देखि पौष मसान्त सम्म कार्यपालिकाले छनौट गरी कार्यन्वयन गरेका योजना तथा कार्यक्रम पारित गरेको छ ।
त्यस्तै गाउँकार्यपालिकाले २०७५ श्रावण देखि पौषसम्म गरेका निर्णयहरु, हाल सम्म गरेका आम्दानी खर्च, न्यायिक समितिले हालसम्म गरेका कार्यहरु र तेस्रो गाउँसभाले कृषि भेटेनरी, स्वास्थ्य, शिक्षा, महिला बालबालिकाको क्षेत्रमा रहेका आयोजनाहरु रहेका छन् । त्यसैगरी गाउँसभाले यसै आ.वको वाँकी अवधिका लागि योजनागत कार्यक्रम तथा कार्यपालिकाको निर्णय अनुसार पहिरो गई घरहरु जोखिममा परेका परिवारलाई भुक्तानी लगाएतका प्रस्तावहरु पारित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, त्रिपुरासुन्दरी गाउँपालिकामा यसै आवमा कार्यन्वयन हुनेगरी करोड माथिका तीनवटा ठूला आयोजनाहरुको निर्माणको प्रक्रिया सुरु भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको योजना तथा संघीय सरकारको तीन करोड माथिको त्रिपुरासुन्दरीको मन्दिर, प्रदेश सरकारको झण्डै ६ करोडको अनुदानमा धुस्कुनमा बुद्वपार्क र पिस्कर काण्डका ईले थामी र बिरे थामीको सम्झनामा प्रदेश सरकार तथा गाउँपालिकाको बजेटबाट शहिदपार्क निर्माण सुरु हुन लागेको उहाँले जानकारी दिनुभयो ।
३१ करोड ४६ लाख को अनुमानित बजेट
त्रिपुरासुन्दरी गाउँपालिकाको गाउँसभाले आव २०७५÷०७६ को संशोधित अनुमानित प्रस्तुत गरेको बजेट ३१ करोड ४६ लाख १४ हजार ४ सय ६३ रहेको छ । उक्त बजेट गाउँपालिकाकी उपाध्यक्ष दुर्गा नेपालले प्रस्तुत गर्नुभएको थियो । अघिल्लोपटक २८ करोड ७० लाख ३९ हजार रहेकोमा यस पटक २ करोड माथिले वृद्वि हुने अनुमान गरिएको छ । गाउँसभाले प्रस्ताव पारित गरेको ३१ करोड ४६ लाख संशोधित अनुमानित बजेट रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।
बाँदर नियन्त्रण गर्न ५ लाख
त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणको लागि गाउँकार्यपालिकाले ५ लाख छुट्याउने निर्णय भएको गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय जनताले लगाएको बाली जोगाउन पालिकाबाटै बजेटको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बाँदर मार्न नपाईने हँुदा तालिमप्राप्त व्यक्तिबाट बाँदर समातेर राष्ट्रिय निकुञ्जमा पु¥याईने छ । उक्त पहिलो अभियान वडा नम्बर २ धुस्कुनबाट गर्न लागिएको सोही वडाका वडाअध्यक्ष सुकदेव रिसालले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमप्राप्त शिकारीले प्रति गोटा २ हजार पारिश्रमिक लिएर जिउँदै बाँदर समात्ने छन् । पालिकाबाट थप पाँचलाखको बजेट व्यवस्था गरेर धुस्कुनलाई बाँदरमुक्त क्षेत्र बनाउने योजना रहेको वडाअध्यक्ष रिसालले जानकारी दिनुभयो ।