FAQs Complain Problems

संक्षिप्त परिचय 

 हरिया पहाडहरु र जुगल अनि गौरी शंकर हिमाल लाई नियाल्दै त्रिपुरा सुन्दरी गाउँपलिका प्रदेश नं. ३ अन्तर्गत मध्यमाञ्चल विकास क्षेत्रको वागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा पर्दछ। यो गाउँपलिकाको कुल क्षेत्रफल ९४.२८ वर्ग कि.मी. छ र यसले नेपालकाे भू-भागकाे ०.०६४ प्रतिशत ओगटेकाे छ।याे गाउँपालिका काठमाडाैंबाट ८३.६ कि.मी. उत्तर पूर्व, चाैताराबाट ५० कि.मी. पूर्व र बाह्रबिसे बजारबाट २ कि.मी. दक्षिण पूर्वमा रहेकाे छ। ताैथलीकाे हजार बर्ष पूरानाे त्रिपुरासुन्दरी मन्दिरकाे नाममा यस गाउँपालिकाकाे नामाकरण गरिएकाे छ।यो गाउँपलिका ६ वटा गाविसहरु र साबिक वडा नं  क्रमश: घोर्थली (५-९), चोकटी(१-९), धुस्कुन(१-९), पिस्कर(१-९), तौथली(१-९) र टेकानपुर(१-९) गा.वि.स. हरु समावेश गरी २०७३।१२।२ गतेका दिन उत्घाटन भएकाे थियाे। घरधुरी सर्बेक्षण आधार बर्ष २०७५ अनुसार यहाँको जम्मा घरधुरी संख्या ४,२३३ रहेको छ। यहाँ विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु , बौद्ध र क्रिचियनहरुको बसोबास रहेको छ। यहाँ विभिन्न जात जातीहरु जस्तै व्राहमण,क्षेत्री, थामी, तामाङ्ग, शेर्पा, भुजेल, विश्वकर्मा, नेपाली,मगर, घर्ती आदिकाे साैहार्दपूर्ण समिश्रण पाइन्छ। यहाँको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै नेवारी र अन्य भाषा पनि बोलिने गर्दछन् । सुन्दर प्राकृतिक छटा र नदी नालाहरू बाेकेर एउटा पृथक पहिचान सहित त्रिपुरा सुन्दरी गाउँपालिका यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
अवस्थिति:  २७.७९२ देखि २७.७०५ उत्तरी आक्षांश र ८५.८६१ देखि ८६.०३४ पूर्वी देशान्तर ।
बिस्तृत जानकारी को लागि गाउँपालिकाकाे पार्श्वचित्र २०७५ प्रकाशित छ कृपया हेर्नु होला । धन्यवाद ।